डेढ वर्षपछि खुल्यो जोगबनी नाका
मेरोन्यूज
२०७८ असोज १६ गते १८:४८

काठमाडौं । कोरोना संक्रमण फैलिएपछि डेढ वर्षअघिदेखि बन्द रहेको नेपाल–भारतको जोगबनी नाका शनिवारदेखि खुलेको छ ।
कोभिड महामारी फैलिएपछि रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगरको रानी र भारतको जोगवनी जोड्ने नाका डेढ वर्षदेखि बन्द गरिएको थियो ।
नेपाल सरकारको असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकले नाका खोल्ने निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालय मोरङले अनुमति दिएको थिएन । उक्त नाकाबाट सवारी साधान आवतजावत गर्न रोक लगाइए पनि मानिसहरुको आउजाउ भने भइ नै रहेको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालकाअनुसार भारतसँगको सीमावर्ती जोगबनी नाका शनिबारबाट पूर्ण रुपमा खुलेपछि सवारी साधनहरु पनि सञ्चालनमा आएका छन् ।
नाका खुला भए पनि भारतबाट आउने व्यक्तिहरूले आवश्यक सुरक्षा मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने प्रशासनले जनाएको छ ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया