डेढ वर्षपछि खुल्यो जोगबनी नाका
मेरोन्यूज
२०७८ असोज १६ गते १८:४८

काठमाडौं । कोरोना संक्रमण फैलिएपछि डेढ वर्षअघिदेखि बन्द रहेको नेपाल–भारतको जोगबनी नाका शनिवारदेखि खुलेको छ ।
कोभिड महामारी फैलिएपछि रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगरको रानी र भारतको जोगवनी जोड्ने नाका डेढ वर्षदेखि बन्द गरिएको थियो ।
नेपाल सरकारको असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकले नाका खोल्ने निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालय मोरङले अनुमति दिएको थिएन । उक्त नाकाबाट सवारी साधान आवतजावत गर्न रोक लगाइए पनि मानिसहरुको आउजाउ भने भइ नै रहेको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालकाअनुसार भारतसँगको सीमावर्ती जोगबनी नाका शनिबारबाट पूर्ण रुपमा खुलेपछि सवारी साधनहरु पनि सञ्चालनमा आएका छन् ।
नाका खुला भए पनि भारतबाट आउने व्यक्तिहरूले आवश्यक सुरक्षा मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने प्रशासनले जनाएको छ ।
सम्बन्धित

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया