१६० जातका वनस्पति पहिचान

बलेवा । बागलुङ कालिका भगवती मन्दिर परिसरमा अवस्थित जंगलमा १६० जातका वनस्पतिको पहिचान भएको छ । मन्दिर परिसरका जंगलमा अध्ययन गरिरहेको वनस्पतिविद्को समूहले हालसम्म पहिचान भएका वनस्पतिको विषयमा जानकारी गराएको हो ।
मन्दिर परिसरमा रहेका रूखको पहिचान र गणना थालिएकाले वनस्पति पहिचानमा सहज भएको हो । कालिका भगवती गुठी व्यवस्थापन समितिले करिब १९० रोपनी जग्गामा रहेको वनका रूखका वर्ग छुट्याउँदै गणना सुरु भएको जनाएको छ । परिसरका सयौँ वर्ष पुराना साल, सल्ला, चिलाउने, कटुसलगायत विभिन्न जातिका रूखको पहिचान गरी वैज्ञानिक नामसहित ट्याग लगाइँदैछ ।
मन्दिरमा करिब ४०० वर्ष पुराना रूख पाइएको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए । बोट, बिरुवा अध्ययन गर्दा केही महत्वपूर्ण वनस्पति फेला परेको अध्ययन टोलीमा सहभागी प्रवीण भण्डारीले बताए । उनी चीनमा वनविज्ञान विषयमा विद्यावारिधि अध्ययन गरिरहेका छन् । “जैविक विविधता र वनस्पतिको अभिलेखीकरणसँगै मन्दिर परिसरको जङ्गलमा रहेका ६० प्रजातिका रूखको वैज्ञानिक नामसहित ट्याग लगाइएको छ”, उनले भने, “हामी अध्ययनकै क्रममा छौँ, मन्दिरको जंगलमा महत्वपूर्ण वनस्पति भुइँसुनाखरी फेला परेको छ ।” जंगलमा सर्पगन्धालगायत औषधीय गुण बोकेका वनस्पतिसमेत पाइएका छन् ।
मन्दिरको अधिकांश भू–भाग जङ्गलले ढाकिएको छ । भक्तजनलाई पर्यटनमैत्री वातावरण बनाउने र जंगलमा पाइने वन्यजन्तुको संरक्षण गर्ने तयारी गरिएको समिति अध्यक्ष खड्काले बताए । “मन्दिरको आकर्षणका रूपमा रहेको जंगललाई संरक्षण गर्न त्यहाँ रहेका वनस्पतिको पहिचान थालिएको हो”, उनले भने । व्यवस्थापन समितिले मन्दिरमा दैनिक पूजाअर्चनाको प्रबन्ध मिलाउनुका साथै यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रयासमा काम अघि बढाइरहेको छ । रासस









काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज शनिवार, कुन विदेशि मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया