भारतीय रकम लिन राष्ट्र बैंक धाउनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारत जानका लागि भारतीय रकम अर्थात भारतीय नोट सटहीको लागि नेपाल राष्ट्र बैंकमा सम्पर्क राख्न आग्रह गरेको छ ।
सोमबार सूचना प्रकाशित गर्दै नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक रामु पौडेलले निजी बैंकले भारतीय रकममा मनोमानी गरेकाले नियन्त्रणका लागि एकद्वार प्रणाली लागू गरेको जनाएका छन् ।
उनले विद्यार्थी, बिरामी, घुम्न जानेका लागि भारतीय रकम उपलब्ध गराएपनि पछिल्लो समय बैंकिङ प्रणालीद्वारा अघि बढ्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।
निर्देशक पौडेलले नेपालका अधिकांश बैंकले भारतिय बैंकसँग रकम झिक्न र राख्नका लागि सम्झौता तथा प्राविधिक एकता गरेकाले नजिकैको बैंकबाट जानकारी दिए ।
भारतीय रकममा असहजता नहुने प्रष्टाएका छन् । नेपालमा २५ हजार भारतीय रुपैयाँसम्म बोेकेर हिँड्न पाइएपनि भारत जानका लागि भारतीय रकम अभावका कारण सर्वसाधारण मारमा परेको प्रष्ट छ ।
राष्ट्र बैंकले भारतीय रकम व्यवस्थापन गर्नका लागि डलर बिक्री गरेर खरिद गरिरहेको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया