बैतडीमा अक्सिजन प्लान्ट स्थापना हुँदै

बैतडी । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी गरिएको छ । प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री पुगिसकेको छ ।
जिल्ला अस्पताल प्रमुख डा वसन्तराज जोशीका अनुसार प्लान्ट स्थापनाका लागि पहिलो चरणमा केही सामग्री आएको बाँकी पनि चाँडै आइपुग्ने छ । उनले भने, “सबै सामग्री आएपछि जडानको काम सम्पन्न गछौँँ ।” पूरै सामग्री आइपुग्न अझै दुई साता लाग्ने उनले बताए । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौँ र जिल्ला अस्पतालबीच सम्झौता भएको थियो । सप्लायर्स कम्पनीको लापरबाहीका कारण प्लान्ट स्थापनामा ढिलाइ भएको हो ।
चार महिनामा बल्ल केही सामग्री आइपुगेको छ । प्लान्ट स्थापनाका लािग संघीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट रु ८० लाख बजेट प्राप्त भएको छ । रकम प्राप्त भएपछि अस्पतालले बोलपत्र आह्वान गरी उक्त सप्लायर्सलाई छनोट गरेको हो । गत आर्थिक वर्षभित्र नै जडान गरिसक्ने गरी असारमा दुवै पक्षबीच सम्झौता भएको थियो ।
कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएको थियो । त्यसपछि प्रदेश सरकार र सङ्घीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ । प्लान्ट स्थापना भएपछि आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सकिने छ । उक्त प्लान्ट स्थापनाबाट ५० शय्याको अस्पतालका लागि सहयोग पुग्ने डा जोशीले बताए ।
“प्लान्ट स्थापनाले कोरोनाका बिरामीका लागि मात्र नभएर अन्य शल्यक्रिया र सघन उपचार कक्ष सञ्चालनका लागि सहज हुनेछ”, उनले भने । भारतसँग सीमा जोडिएको जिल्लामा हालसम्म कोरोनाबाट १८ जनाको मृत्यु भइसकेको छ । हाल यहाँ २१ सक्रिय संक्रमित छन् ।
















President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया