प्राधिकरण र इन्टरनेट कम्पनी विवाद
इन्टरनेटको तार किन काट्दैछ विद्युत प्राधिकरण ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गतहप्तादेखि मुलुकका विभिन्न स्थानमा इन्टरनेटको लाइन काट्न सुरु गरेको छ । जसका कारण इन्टरनेटको विषयलाई लिएर चर्चा चुलिएको छ ।
कार्यालयमा एक्कासी विद्युत लाइन र इन्टरनेट सेवा अवरोध भएको छ । तार काट्दा नचल्ने र सेवाप्रदायकको सेवा अवरुद्ध पारिदिने प्राधिकरणबाट चेतावनीसमेत आएकाले इन्टरनेट कम्पनी सर्तक भइरहेका छन् ।
इन्टरनेट सेवाप्रदायकले नेपाल विद्युत प्राधिकरणको पूर्वाधार प्रयोग गरेर आफ्नो सेवा विस्तार गर्दा तिर्नुपर्ने शुल्क प्राधिकरणले पछिल्लो समय बढाइदिएको छ । प्राधिकरणले शुल्क बढाएपछि सेवाप्रदायी विरुद्धमा रहेर शुल्क नतिरेकाले लाइन काट्न शुरु गरेको विद्युत प्राधिकरणले जनाएको छ ।
दूरसञ्चार प्राधिकरणले विद्युत प्राधिकरणले कुनै पनि बहानामा सेवा अवरुद्ध पार्न नहुने भन्दै सचेत पनि गराइसकेको छ भने केवल टेलिभिजन व्यवसायीको संरक्षणमा सञ्चार मन्त्रालय अघि सरेकाले इन्टरनेट सेवा प्रदायकले अटेर गरेका कारण लाइन कटिन थालेका हुन् ।
इन्टरनेट तथा केवल सेवा दिनेले प्राधिकरणलाई यस्तो पूर्वाधार प्रयोग गरे बापत पहिले वार्षिक प्रतिपोल २५० रुपैयाँ तिर्दै आएका थिए । तर प्राधिकरणले भाडाको कुनै पनि दर नभएको भन्दै थप १०० रुपैयाँ बढाएको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया