सीमा नाका खुलेसँगै रुपन्देहीमा कोरोना संक्रमण जोखिम कायमै

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न आह्वान गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) ऋषिराम तिवारीले जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै बच्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरेका हुन् ।
दुई दिनअघि भारतसँग जोडिएको बेलहिया सीमा नाका सुरु भएसँगै कोरोनाको जोखिम थप बढेर जाने देखिएपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी त्यसको जोखिमबाट बच्न नागरिकलाई आह्वान गरेको छ । सिडिओ तिवारीले भने, ‘नेपाल सरकारको निर्णय बमोजिम अन्तराष्ट्रिय सीमा नाका खोलिसकेको छ, जिल्लामा कोरोना जोखिमको अवस्था कायमै रहेको छ, यो जोखिमलाई कम गर्न सीमा नाकामा स्वास्थ्य जाँचको समेत व्यवस्था गरेका छौँ, र सबै नागरिकलाई यसबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ ।’
यता स्थानीय व्यवसायीले बेलहिया सीमा नाका खुलेसँगै आफूहरुको व्यवसाय बढेर जाने विश्वास व्यक्त गरेका छन । स्थानीय पर्यटन व्यवसायी रवि पौडेलले सीमा नाका खुलेसँगै भारतीय पर्यटकको चहल पहल सुरु भएको भन्दै व्यवसायलाई अघि बढाउन राहत दिएको प्रतिक्रिया दिए । तर, स्थानीय व्यापारीले तस्करी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन ।
सरकारले दुई दिनअघि सीमा नाका खुलाउने औपचारिक निर्णय गरेसँगै रुपन्देही बेलहिया नाकासमेत खुलेको हो ।















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया