चार सयले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० ले घटेको छ । छापावाल सुन मंगलबार प्रतितोला ९० हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकनुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९०० तोकिएको छ ।
त्यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार ४५० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला ८९ हजार ८५० मा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ । यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो । मंगलबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया