न्यूरोडका पाँच पसल कारबाहीमा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ ।
पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो ।
कारबाहीमा परेका तीन वटा पसलहरुले दर्ता नै नगरीकन पसल सञ्चालन गरेको पाइएपछि विभागले १५/२० हजार रुपैयाँका दरले कारबाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताए ।
निरीक्षण अधिकृत झाले नियमानुसारको मापदण्ड पालना नगरेको दुई वटा पसलहरुमा भने मुख्य व्यापारी नै पसलमा नभएकोले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताए ।
न्यूरोडको खिचापोखरीमा ७ वटा पसलहरुमा अनुगमन गर्दा पाँच पसललाई कारबाही गरिएको निर्देशक झाले बताए । न्यूरोडका पसलहरुसमेत दर्ता नै नगरी सञ्चालन गरेको भेटिएको निर्देशक झाले बताए ।
सरकारले चाडपर्वलाई लक्षित गरी केही दिनयता देशैभरी नै बजार अनुगमनलाई तीव्रता दिइरहेको छ ।

















बढ्दो तनावकाबीच अमेरिकाले बन्द गर्यो खाडी मुलुकका दूतावास
दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
प्रतिक्रिया