प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन् ।
सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।
मुख्यमन्त्री राउतको पक्षमा ७७ मत र विपक्षमा २३ मत परेको थियो । प्रदेशसभामा एक सय सांसद उपस्थित थिए ।
राउत नेतृत्वको सरकारलाई जसपाको साथै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले समेत समर्थन गरेका थिए ।
मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए ।
संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ ।
गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो ।
केही दिनअघि मात्रै प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको थियो । सोही विषयलाई लिएर प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मुख्यमन्त्रीको राजीनामा माग्दै आएको थियो ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया