काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा बढ्यो
अब छोटो दूरीमा १८ रुपैयाँ, लामो दूरीमा ३५ रुपैयाँ

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा बढाइएको छ ।
बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर बागमती प्रदेश भित्र चल्ने सार्वजनिक यातायातको भाडा बढाएको हो ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक पहिलो सातादेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।
प्रदेशले बढाएको नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ भने छोटो दूरीमा यात्रा गर्दा कम्तिमा १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।
उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।
यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३० रुपैयाँ भाडा तोकिएको छ भने १५ किलोमिटरको दूरीभित्र यात्रा गर्ने यात्रुले २८ रुपैयाँ, १० किलोमिटर भित्र यात्रा गर्ने यात्रुले २३ रुपैयाँ र ५ किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तोकिएको छ ।
यसअघि, सार्वजनिक यातायातले सबैभन्दा छोटो दूरीको यात्रा गर्ने यात्रुसँग १३ रुपैयाँ तोकिएको भए पनि न्यूनतम १५ रुपैयाँ लिँदै आएका थिए ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया