भ्याक्सिनले उकालो लाग्दै नेपाली अर्थतन्त्र : विश्व बैंक

काठमाडौँ । नेपालको अर्थतन्त्र कारोना विरुद्धको खोप (भ्याक्सिन)ले उकालो लाग्दै गरेको विश्व बैंकले जनाएको छ । नेपालस्थित विश्व बैंकको कार्यालयले बिहिबार प्रतिवेदन सार्वजनिक गर्दै कोरोना भ्याक्सिन अभियान तीव्र हुँदै गर्दा अर्थतन्त्र अझै उकालो लाग्दै गरेको जनाएको हो ।
भ्याक्सिन अभियान बढ्दै जाँदा नेपालको पर्यटन क्षेत्रमा सुधार हुने, वैदेशिक रोजगारीमा जानेको संख्या बढ्ने बैंकले अनुमान गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने बैंकले अनुमान गरेको छ । गएको वर्ष १.८ प्रतिशतले अर्थतन्त्र विस्तार भएको बैंकले दाबी गरेको थियो ।
नेपालसँगै दक्षिण एसियाली मुलुकको ७ प्रतिशत माथिको आर्थिक वृद्धिदर हुने भएकाले आफ्नो अनुमान ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।
कोरोनापछिको अवस्थामा आर्थिक क्षेत्र सुधारका लागि नयाँ प्रयासहरू भइरहेको बैंकले सूचना दिएको छ । नेपालमा पछिल्लो दिगो विकासका लागि विकास साझेदारहरुबीचमा सहमति भएकाले पनि आर्थिक वृद्धि बलियो हुने नेपाल स्थित विश्व बैंकका राष्ट्रिय निर्देशक फ्यारीस हाडाड जर्भोसले बताएका छन् ।
कोरोनाका कारणले गर्दा दक्षिण एसियामा ४८ देखि ५९ लाख मान्छे गरिब भएको उनले बताए ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया