भ्याक्सिनले उकालो लाग्दै नेपाली अर्थतन्त्र : विश्व बैंक

काठमाडौँ । नेपालको अर्थतन्त्र कारोना विरुद्धको खोप (भ्याक्सिन)ले उकालो लाग्दै गरेको विश्व बैंकले जनाएको छ । नेपालस्थित विश्व बैंकको कार्यालयले बिहिबार प्रतिवेदन सार्वजनिक गर्दै कोरोना भ्याक्सिन अभियान तीव्र हुँदै गर्दा अर्थतन्त्र अझै उकालो लाग्दै गरेको जनाएको हो ।
भ्याक्सिन अभियान बढ्दै जाँदा नेपालको पर्यटन क्षेत्रमा सुधार हुने, वैदेशिक रोजगारीमा जानेको संख्या बढ्ने बैंकले अनुमान गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने बैंकले अनुमान गरेको छ । गएको वर्ष १.८ प्रतिशतले अर्थतन्त्र विस्तार भएको बैंकले दाबी गरेको थियो ।
नेपालसँगै दक्षिण एसियाली मुलुकको ७ प्रतिशत माथिको आर्थिक वृद्धिदर हुने भएकाले आफ्नो अनुमान ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।
कोरोनापछिको अवस्थामा आर्थिक क्षेत्र सुधारका लागि नयाँ प्रयासहरू भइरहेको बैंकले सूचना दिएको छ । नेपालमा पछिल्लो दिगो विकासका लागि विकास साझेदारहरुबीचमा सहमति भएकाले पनि आर्थिक वृद्धि बलियो हुने नेपाल स्थित विश्व बैंकका राष्ट्रिय निर्देशक फ्यारीस हाडाड जर्भोसले बताएका छन् ।
कोरोनाका कारणले गर्दा दक्षिण एसियामा ४८ देखि ५९ लाख मान्छे गरिब भएको उनले बताए ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया