प्रतिनिधि सभाको बैठक बस्दै, निजामती विधेयक फिर्ता लिने तयारी

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले संधिय निजामति सेवा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।
प्रतिनिधि सभाको आज बस्ने बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्ने जनाइएको छ । भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठकमा एमालेले लगातार अवरोध गर्दै आएकोछ ।
पार्टीले कारबाही गरेका माधव नेपाल लगाएतका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरी एमाले विभाजनमा सहयोगी भुमिका खेलेको भन्दै एमालेले संसद् अवरोध गर्दै आएको छ ।
संसद्को अवरोध अन्त्य गर्न सभामुख सापकोटा र प्रधानमन्त्री देउवाले आव्हान गरेको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो । एमालेले माधव नेपाललाई बोलाएको बैठकमा सहभागी नहुने भन्दै सभामुख र प्रधानमन्त्रीसँग एकला एकलै वार्ता गर्न चाहेको बताएको थियो ।

















कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ताः नेपाली कामदारको सुरक्षाबारे कुराकानी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
इजरायलले लेबनानामा गरेको आक्रमणमा ८ जनाको मृत्यु
उत्तरी गोरखाका मतदान केन्द्रमा मतदान सम्पन्न
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
प्रतिक्रिया