साफ च्याम्पियनसिप फुटबल : आज नेपालले भारतसँग खेल्दै

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा हुनेछ ।
यसअघिका दुई खेल जितेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक छ । दुई खेलमा बराबरी खेलेको भारत २ अंकसहित चौथो स्थानमा छ ।
भारतलाई फाइनल पुग्न अबका बाँकी दुई खेल जित्नै पर्ने दबाब छ । भारतसँगको खेलअघि बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले भारतसँग जित्नकै लागि खेल्ने बताएका छन् ।
यस्तै कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप जित्ने भारतसँगको खेल महत्त्वपूर्ण रहेको बताएका छन् । भारतले साफ सात पटक जितेको छ ।
नेपाल र भारत अहिलेसम्म २१ खेल खेलेकोमा भारतले १४ खेल जितेको छ भने नेपालले दुई खेल जितेको छ । यस्तै ५ खेल बराबरीमा रोकिएका थिए ।


















विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया