सानीभेरीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज २४ गते ९:३३

जाजरकोट । रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्युहुनेमा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको रहेका जनाइएको छ ।
यात्रु छाडेर फर्किने क्रममा ग१ज ४४५४ नम्बरको जीप सडकबाट १०० मिटर तल खसेर आज विहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा सानीभेरी–३ का १९ वर्षीय समीर परियार र वडा नं १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि चौरजहारी लगिएको छ ।
सम्बन्धित









बर्दिया घटनाको छानबिन गर्न समिति गठन
काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण
मधेसमा ३ मन्त्री नियुक्त
टाटा ईभी ग्राहकका लागि विन्टर सर्भिस एन्ड एक्सचेन्ज क्याम्प घोषणा
एनआईसी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत छुट
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया