रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । माइतीघरबाट पक्राउ परेकी रुवी खानलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
शुक्रबार बेलुका पक्राउ परेकी रुबीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । उक्त निवेदन माथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार प्रहरी वृत्त लैनचौर काठमाडौंमाथि यस्तो आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाऊ आदेश जारी गरेको हो । बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका ७ स्थायी बासिन्दा रुबीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शनसमेत भएको छ ।
प्रहरीले भने हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । रुबी खानसहित नेपालगन्जबाट १४ महिला २० दिनको पैदल यात्रा गरी गत बुधबार राति न्याय माग्न भन्दै काठमाडौं आइपुगेका थिए ।
न्याय खोज्न नेपालगन्जदेखि सिंहदरबारसम्म पैदल मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको अवस्थाबारे छानबिन तथा अनुसन्धान गर्न माग गर्दै उनीहरु नेपालगन्जबाट २० दिनको पैदलयात्रा गरी काठमाडौं आइपुगेका थिए ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
प्रतिक्रिया