शाहरुखका छोरा थप ३ दिन जेल बस्नुपर्ने

एजेन्सी । ड्रग्स केसमा फसेका शाहरुख खानका छोरा आर्यन खानको समस्या बढेको छ । सेसन कोर्टमा ११ अक्टोबर हुने सुनुवाई अब १३ अक्टोबरमा हुनेछ ।
अब आर्यनले कम्तीमा तीन दिनसम्म जेलमा बन्द हुनुपर्नेछ । यो विषयमा एनसीबीले जवाफ दर्ता गर्नुपर्ने थियो जसका लागि उनीहरुले बुधबारसम्मको समय मागेका छन् ।
एनसीबीले कागजातको काम बाँकी नै भएको भन्दै बुधबारसम्म जवाफ दिनका लागि समय माग गरेको छ । उनीहरुका अनुसार हाल कागजपत्रका केही काम बाँकी छन् जसका कारण उनीहरुलाई समय लागिरहेको छ । एनसीबीले बुधबार बिहान ११ बजेसम्म आफ्नो जवाफ दर्ता गरेको छ ।
आर्यनको केस हेरिरहेका उनका वकिल सतिश मानशिन्दे र अमित देसाई अदालत पुगेका थिए । साथै शाहरुख खानकी म्यानेजर पूजा ददलानी पनि अदालत पुगेकी थिइन् । तर दुई दिनपछि १३ अक्टोबरको सुनुवाईको आदेशपछि सबैजना फिर्ता हुनुपरेको छ । स्मरण रहोस्, आर्यन यतिबेला आर्थर रोड जेलमा बन्द छन् र अब उनले थप तीन दिन जेलमा बिताउनुपर्नेछ ।
यसअघि ८ अक्टोबरमा मुम्बईको मजिस्ट्रेट कोर्टले आर्यन खानको जमानत याचिका खारेज गरिदिएको थियो । मजिस्ट्रेट आर एम नेरलिकारले आर्यनका वकिल र एनसीबीबीच लामो बहसपछि निर्णय सुनाएको थियो ।
स्मरण रहोस्, आर्यन खान १४ दिनको हिरासतमा छन् । ड्रग्सको यो केसमा एनसीबीले थप २० जनालाई पक्राउ गरेको छ जसमा दुई विदेशी नागरिक पनि समावेश छन् ।
शनिबार ९ अक्टोबरमा एनसीबीले शाहरुख खानका ड्राइभरलाई पनि सोधपुछका लागि बोलाएको थियो । जानकारीका अनुसार ती ड्राइभरले आर्यन र अरबाज मर्चेन्टलाई क्रुज टर्मिनलमा छोडेको स्वीकार गरेका थिए । एनसीबीले ड्राइभरसँग लगभग १२ घण्टासम्म आर्यन र उनका साथीको क्रियाकलापको विषयमा सोधपुछ गर्यो ।
स्रोतबाट प्राप्त जानकारीमा अबको दिनमा शाहरुख खानका ड्राइभरको बयान एनसीबीले अदालतमा प्रयोग गर्ने बताइएको छ । एनसीबीले आर्यन खानको जमानतका लागि प्रस्तुत गरिने सम्पूर्ण प्रमाणमाथि विरोध गर्नेछ ।















चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्दै
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, ४०० जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
प्रतिक्रिया