बुधबार, चैत २५, २०८२

आईएसका वरिष्ठ सदस्य सामी जसिम गिरफ्तार

मेरोन्यूज २०७८ असोज २५ गते २०:४५

बग्दाद । इराकी प्रधानमन्त्री मुस्तफा अल(कादिमीले इस्लामिक स्टेट (आईएस) का उच्चपदस्थ सदस्य सामी जसिमलाई इराक बाहिरको कारबाहीमा सोमबार गिरफ्तार गरेको घोषणा गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

इराकको गुप्तचर सेवाले आईएसको आर्थिक मामिलाको जिम्मा र पूर्व आईएस नेता अबु बकर अल-बगदादीका डेपुटी जसिमलाई गिरफ्तार गर्न देश बाहिर एउटा जटिल अभियान चलाएको प्रधानमन्त्रीले आफ्नो ट्वीटमा उल्लेख गर्नु भएको छ।

अल कादिमीले कहिले र कहाँ ठ्याक्कै उक्त अपरेशन भयो भन्ने बारे थप विवरण भने बताउँनुभएको छैन।इराकी संयुक्त अपरेसन कमाण्डले जारी गरेको विज्ञप्तिका अनुसार जसिमलाई इराकको सिमाना बाहिर एक अपरेशनमा थप विवरण नदिई पक्राउ गरिएको थियो।

कमाण्ड स्टेटमेन्टका अनुसार जसिम चरमपन्थी समूह चलाउने र समूहका वर्तमान नेता अब्दुल्लाह कारादाशको कमिटिको नजिक छन्।

प्रतिक्रिया