रुसी राष्ट्रपति पुटिन, फ्रान्सेली राष्ट्रपति म्याक्रोँ र जर्मन चान्सलर मार्केलबीच फोनवार्ता

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर एन्जेला मार्केलबीच फोनवार्ता भएको छ ।
उनिहरुका बीचमा युक्रेनका विषयमा कुराकानी भएको रुसी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । सो फोनवार्ताका क्रममा खासगरी युक्रेनमा पछिल्लो समयमा देखिएको हिंसाको अन्त्यका लागि कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।
युक्रेनका कतिपय स्थानमा पछिल्लो समयमा हिंसा जारी रहेको छ । युक्रेनको हिंसा रोक्नका लागि भन्दै सन् २०१५ मा मिन्स्क सम्झौताका भएको थियो । तर सो सम्झौतापछि पनि हिंसा रोकिएको छैन । यहाँ पछिल्ला केही समयमा द्धन्द्ध चर्किएको छ । यसबाट कैयौँ नागरिक विस्थापित पनि भएका छन् ।
पछिल्ला दिनहरुको सो आन्तरिक द्धन्द्ध रोक्नका लागि भन्दै उहाँहरुबीचमा आवश्यक छलफल र परामर्श भएको बताइएको छ । साथै रुसी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा अरु पनि कतिपय अन्तर्राष्ट्रिय मुद्दाहरुमा पनि कुराकानी भएको बताइएको छ ।














48 days to go for elections: Functions of returning officer
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
oday’s weather forecast
अदालतको आदेशपछि चिकित्सक संघको निर्वाचन स्थगित
पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया