फूलपातीको बढाइमा प्रधानसेनापति किन उपस्थित भएनन् ?

काठमाडौं । फूलपातीको बढाइमा प्रधानसेनापति प्रभुराम शर्मा सैनिक मञ्च टुँडिखेलमा उपस्थित भएनन । राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने सो कार्यक्रममा प्रधानसेनापति शर्मा उपस्थित नहुँदा कौतुहलता उत्पन्न भएको थियो । भाइलर ज्वरोले च्यापेपछि सैनिक मञ्चमा आयोजित फूलपाती बढाइँमा प्रधानसेनापति शर्मा अनुपस्थित भएका हुन् ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौड्यालले प्रधानसेनापतिलाई ज्वरो आएको कारण सहभागि हुन नसकेको बताए । ‘स्वास्थ्य सतर्कता अपनाउँदै उहाँ समारोहमा सहभागि नहुनुभएको हो,’ प्रवक्ता पौड्यालले जानकारी दिए ।
सिजनल फ्लु अर्थात भाइरल ज्वरो आएको कारण पनि प्रधानसेनापति शर्मा सहभागी नभएको पनि सहायक रथि पौड्यालले बताए । रोयलवक्समा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरुसँग रहनु पर्ने हुनाले पनि प्रधानसेनापतिले सबैको स्वस्थ्यलाई ध्यानमा राखेर सेनाभित्र छलफल गरेर सहभागी नभएका हुन् ।
प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजामा नेगेटिभ रिपोर्ट देखिएको सैनिक स्रोतले जनाएको छ ।

















धनकुटामा एमालेको अग्रता, पछ्याउदै श्रम संस्कृति
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
४२ हजार बढी मतान्तरमा विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी
सर्लाही–४ मा गगन थापा ६ हजार मतले पछाडि
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया