यमनमा राजनीतिक समाधान खोज्न राष्ट्रसंघीय विशेष दूतको सुझाव
सयुक्त राष्ट्रसंघ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रन्बर्गले बिहीबार यमनको आन्तरिक राजनीतिक विवादको राजनीतिक समाधान खोज्नुपर्ने बताएका छन् ।यहाँको संटकको समाधान राजनीतिक रुपमा खोजिनुपर्ने उनले बताएका हुन् । यसका लागि यहाँका राजनीतिक शक्तिहरुका बीचमा एक किसीमको बृहत राजनीतिक सहमतिका आधारमा यस्तो समाधान निकाल्नुपर्नेमा उनले जोड दिएका हुन् ।
यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत ग्रन्डबर्गले यसका लागि यहाँका सबै प्रकारका राजनीतिक शक्तिका साथै राजनीतिक दलहरुका बीचमा पनि बृहत राजनीतिक सहमति हुनु जरुरी छ भनेका हुन्। यसरी निकालिएको राजनीतिक समाधानले मात्र यहाँको समस्याको दिगो समाधान हुने र यहाँको आर्थिक, सांस्कृतिक पुनस्र्थापनाका लागि सहयोग पुग्नेछ–उनले भनेका छन् ।
यमनमा विगतका केही वर्षहरुदेखि राजनीतिक हिंसा जारी रहेको छ । यसबाट कैयौँ नागरिकको ज्यान पनि गएको छ । यहाँको हिंसा अन्त्यका लागि शान्तिपूर्ण वार्ताको माध्यमबाट अघि बढ्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
प्रतिक्रिया