बेलायतका सांसद डेभिड एमेसको छुरा प्रहार गरी हत्या

एजेन्सी । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ । छुरा प्रहार गरेर उनको हत्या गरिएको समाचारमा जनाइएको छ। यस हत्याको घटनालाई प्रहरीले आतंककारी हमला भनेको छ। सांसद डेभिडको उनको आफ्नै निर्वाचन क्षेत्रको एक चर्चमा हत्या भएको हो ।
उनको निर्वाचन क्षेत्र एसेक्सस्थित एक चर्चमा मतदाताहरूसँगको भेटघाटका क्रममा छुरा प्रहार गरिएको थियो । हत्याको आरोपमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ। त्यस स्थलबाट प्रहरीले चक्कु भेटेको जनाएको छ । प्रहरीले यस हत्यामा संलग्नलाई पक्राउ गरेको र अनुसन्धान जारी रहेको बताएको छ ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले टोलीले यसमा आतंकवादीको हात रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले एक राम्रा राजनीतिज्ञ गुमाउनु परेको भन्दै त्यस दुःखद निधनप्रति शोक व्यक्त गरेका छन् । सांसद डेभिड ६९ वर्षका थिए। उनी सन् १९८३ देखि सांसद रहेका थिए ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया