तीन दिनमा तीन बन्दीको मृत्युपछि गृहबाट छानबिन समिति गठन
मेरोन्यूज
२०७८ असोज ३१ गते १९:३७
काठमाडौं । गृहमन्त्रालयले पर्वत, कैलाली र सुनसरी जिल्लामा हिरासतभित्र बन्दीले आत्महत्या गरेको घटनाको सम्बन्धमा छानबिन गर्न र भविष्यमा त्यस्ता घटना घट्न नदिन कारागारमा अपनाउनुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्न एक कार्यदल गठन गरेको छ ।
पछिल्लो तीन दिनमा तीन वन्दीको हिरासतभित्रै मृत्यु भएपछि गृहले छानविन गर्न अध्ययन कार्यदल गठन गरेको हो ।
मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गृहले कार्यदल गठन गरेको हो । कैलालीको टिकापुरमा गत असोज २५ गते एक बन्दी, सुनसरीको इनरुवामा गत असोज २४ गते एक बन्दी र २६ गते पर्वतमा एक बन्दीले हिरासतभित्रै आत्महत्या गरेका थिए । गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।

सम्बन्धित
















पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया