टीकापुरको विकासबारे छलफल

कैलाली । कैलालीको टीकापुरमा दसैं मिलन तथा सम्वाद कार्यक्रम गरिएको छ । टीकापुर सरोकार समूहको आयोजनामा भएको दसैं मिलन तथा सम्वाद कार्यक्रममा टीकापुर क्षेत्रको विकासका बारेमा छलफल गरिएको हो । कार्यक्रममा सहभागिहरुले टीकापुरको समग्र विकास र समृद्धिको निमित्त विभिन्न अवधारणा प्रस्तुत गरेको टीकापुरका स्थानीय सम्राट बिक्रम शाहले बताए ।
समूहले मानबीय र परोपकारी काम पनि गर्दै आएको उनले बताए । ‘कोरोना महामारीका बेला टीकापुर अस्पतालमा अक्सिजन अभियान संचालन, शवबाहनसमेत उपलब्ध गराएका थियौं,’ उनले भने ।अस्पतालमा प्रयोगशाला भवन पनि निर्माण गर्न थालिएको उनले जानकारी दिए । कार्यक्रममा टिकापुरको पर्यटन विकास, सडक निर्माण र सिमा नाका खुल्नुपर्नेलगायतका विषयमा छलफल भएको उनले बताए ।
सहभागिहरुले चिल्ला सडक र गगनचुम्बी महल बनाउँदैमा विकास र समृद्धि पूर्ण नहुने भन्दै सीमान्तीकृत वर्ग र हरेक नागरिकको मानव विकास सूचकांकले वास्तविक समृद्धिको मापन गर्नुपर्ने बताएका थिए ।टीकापुर सरोकार समूह नीति तथा दृष्टिकोण अनुसन्धान तथा बहस चलाउने उद्देश्यले गठित ‘थिन्क ट्यान्क’ समेत हो ।
हाम्रो घर हाम्रो टीकापुरको समग्र उत्थान तथा पुनर्जागरणको निमित्त टीकापुर सरोकार समूहले भविष्यमा समेत यो शृङ्खलालाई निरंतरता दिने आयोजकले जनाएको छ ।कार्यक्रममा राजनीतिक दलका नेता, वृद्विजिवीलगायत स्थानीयको सहभागिता रहेको थियो ।












एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया