बुधबार, मंसिर २४, २०८२

अपडेट : बाढी पहिरोबाट ४८ जनाको मृत्यु, ३१ जना बेपत्ता हुँदा २३ घाइते

मेरोन्यूज २०७८ कार्तिक ३ गते १३:०६

काठमाडौँ । देशका विभिन्न जिल्लामा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट ४८ जनाको मृत्यु भएको छ । बुधबार बिहान १२ बजेसम्म विपद् व्यवस्थापन महाशाखाका अनुसार ४८ जनाको मृत्यु भएको हो ।

घटनामा ३१ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएको महाशाखाले जनाएको छ । पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रहरुमा बाढी तथा पहिरो आइरहेको छ ।

समस्यामा परेकाहरुलाई उद्धार र राहतका लागि गृह मन्त्रालयले विभिन्न पहल कदमी अगाडि सारेको छ । बुधबार मात्रै मन्त्रालयले विभिन्न निजी हेलिकप्टर कम्पनीहरुसँग समेत उद्धारको लागि सहयोगको माग गरेको थियो ।

प्रतिक्रिया