सभामुख सापकोटाले प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गर्ने

चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा भएको अवरोध हटाउन औपचारिक र अनौपचारिकरूपमा पहल भइरहेको बताएका छन् । सिन्धुपाल्चोकको कुभिण्डेमा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको २९औँ साधारणसभाको उद्घाटनका अवसरमा सभामुख सापकोटाले यही कात्तिक ११ गते बस्ने प्रतिनिधिसभाको बैठकअगावै संसद् सञ्चालन गर्न आवश्यक छलफलका लागि पुनः बैठकको आयोजना गरिने बताएका हुन् ।
प्रतिनिधिसभालाई प्रभावकारी, गतिशील र जनमुखी बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गर्दै सभामुख सापकोटाले आफू त्यसैमा केन्द्रित भएर काम गर्ने दृढता व्यक्त गरे । मौसममा आएको परिवर्तनले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिराले ठूलो धनजनको क्षति पुगेकामा दुःख व्यक्त गर्दै सभामुख सापकोटाले मुखमै आएको धानबाली नोक्सान भएकामा पीडित परिवारलाई राहत उपलब्ध गराउन गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष नेत्रप्रसाद नेपालको सभापतित्वमा भएको कार्यक्रममा आफू कसैको दबाब र कुनै शक्तिसँग झुकेर राष्ट्र र जनताको हितविपरीत काम नगर्ने प्रतिबद्धता पुनः दोह¥याए ।
चौतारा साँगाचोकगढी नगरपालिका–४ कुभिण्डेमा अवस्थित उक्त सहकारी संस्था जिल्लाकै पहिलो हो । वार्षिक पाँच लाख ७५ हजार लिटर दूध उत्पादन हुने र आफ्नै चिस्यान केन्द्रमार्फत दुग्ध विकास संस्थान बालाजुमा पठाइने गरेको अध्यक्ष नेपालले जानकारी दिए ।

















चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया