नदी किनारमा एक बालिकाको शव फेला
मेरोन्यूज
२०७८ कार्तिक ३ गते २१:३५

कैलाली । कैलालीमा एक बालिकाको शव फेला परेको छ । जिल्लाको जोशीपुर गाउँपालिका -३ फाडिया स्थित काडा नदीको किनारमा रुखको जरोमा अड्किएको अवस्थामा बालिकाको शव फेला परेको हो।
बुधबार साँझ साढे ६ बजेको समयमा करिब २ बर्षीया बालिकाको शव बेवारिसे (शरिरमा कपडा नभएको) अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।
स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय भजनी र जोसीपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी जनाएको छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया