नेपालमा ५० प्रतिशत अवैध मोबाइलको विक्री वितरण
मोबाइल डिभाइस प्रणाली अझै कार्यान्वयन भएन

काठमाडौं । अबैध मोबाइलमा रोक लगाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने सरकारको निर्णय अझै कार्यान्वयन हुन नसकेको भन्दै मोबाइल फोन आयातकर्ताहरुले आपत्ति जनाएका छन ।
गत साउन १ गतेदेखि लागू गर्ने भनिएको सो प्रणाली तीन महिना बित्न लाग्दा पनि सरकारले अझै कार्यान्वयन गर्न नसकेकोमा मोबाइल फोन इम्पोटर्स एशोसिएशनले आपत्ति जनाएको हो ।
एशोसिएशनका अध्यक्ष दिपक मल्होत्राले एमडीएमएस लागू गर्ने सरकारको निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गरी नेपालमा मोवाइल व्यवसायलाई राम्रो ढंगले अघि बढाउने वातावरण बनाउन आग्रह गरे ।
बजारमा अहिले झण्डैझण्डै ५० प्रतिशतको हाराहारीमा अवैध फोन आयात भई विक्री भइराखेको मल्होत्राले बताए ।
नेपालमा गैरकानूनी रुपमा अवैध मोबाइलको आयात रोक्न सकेमा सरकारले राजस्व असुलीबाट धेरै फाइदा लिन सक्ने र व्यवसायीहरुको व्यापार पनि फष्टाउने एशोसिएशनका अध्यक्ष मल्होत्राले दाबी गरेका छन् ।
भन्सार छलेर र चोरी पैठारीमार्फत् अवैध रुपमा भित्रिएका मोबाइल बन्द गर्न सरकारले गत साउन १ गतेदेखिनै एमडीएमएस प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
प्रतिक्रिया