न्यादी हाइड्रोपावरको आइपिओ बाँडफाँट
काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।
कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता सय अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । निष्काशित शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई बाँडफाँट गरी बाँकी २० लाख ९२ हजार ५ सय कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
कम्पनीले हाल लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको कूल अनुमानित लागत ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने कम्पनीले जनाएको छ ।
बाँडफाँटको नतिजासम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट (मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द
आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया