बाढी पीडितलाई सरकारले राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उनले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण संकलन गरेर पीडितलाई राहत र पुनःनिर्माणमा जुट्ने बताएका हुन् ।
‘सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बाढीपहिराले ठूलो क्षति पुर्याएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘सिमित स्रोत साधनका बाबजुत पनि पीडितलाई राहत दिन्छौँ ।’ मन्त्रिपरिषद्को निर्णयबाट केही दिनअघि राहत व्यवस्था गरिएको उल्लेख गर्दै उनले बाढीका कारण पूर्वाञ्चललगायत देशभरका विभिन्न स्थानमा क्षति पुगेको बताए ।
प्रधानमन्त्री देउवाले कञ्चनपुरको महाकाली तटीय क्षेत्र र दोधारा–चाँदनीमा विगतमा पनि नदी कटानको समस्या रहेको चर्चा गर्दै कैलाली कञ्चनपुरमा धानबालीमा ठूलो क्षति पुगेको बताए । निरीक्षणपछि प्रधानमन्त्री देउवालाई जिल्ला सुरक्षा समितिले बाढीको क्षति र वस्तुस्थितिका बारेमा जानकारीसमेत गराएको छ ।
सुदूरपश्चिमको बाढीपहिराको क्षति र पीडितको अवस्था बुझ्न बिहीबार यहाँ आउनुभएका प्रधानमन्त्री देउवाले डोटी, बझाङ, बैतडी र डडेल्धुरामा निरीक्षण गरेका थिए । उनले आज कैलालीमा पनि बाढी ग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया