सनातन धर्मले नै मानवकल्याण गर्छ : स्वामी स्वरूपानन्द

सिद्धार्थनगर । भारतको पञ्जाबमा आयोजन हुने गुरु नानकको ५५० औँ जन्मोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट प्रकाशित १०० को सिक्का र पशुपतिनाथका मूलपुजारी गणेश भट्टले प्रदान गरेको पशुपतिनाथको चन्दन लिएर सनातन संस्कृति समाजका संरक्षक १००८ स्वामी स्वरूपानन्द सरस्वती त्यसतर्फ गएका छन् ।
नेपाल सरकारले मुद्रण गरेको १०० को सिक्काको एकातिर ‘ॐकार’ र अर्कातिर ‘नेपाल श्रीभवानी’ लेखिएको छ । जनस्तरको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले नेपालीको सन्देश लिएर उनी त्यसतर्फ जान लागेको उक्त समाजका उपाध्यक्ष धर्मराज बरालले बताए ।
बेलहिया नाका हुँदै भारतको पञ्जाबतर्फ प्रस्थान गरेका स्वरुपानन्दले पत्रकारसँगको कुराकानीमा भने, “विश्वमा शान्ति कायम गर्न धर्र्म अंगीकार गर्नुपर्छ । हामी सनातनीहरु सबैको एकताले नै विश्वमा शान्ति र सद्भाव कायम हुन्छ ।”
धर्म जीवनको उन्नतिका लागि आवश्यक भए पनि पछिल्लो समय धर्मभन्दा धनलाई जोड दिइएकामा चिन्ता व्यक्त गर्दै उनले भने, “संसारमा सबै धर्म मनुष्यले बनाएका हुन् तर हिन्दू धर्म, सनातनी भएको र भगवानले नै सिर्जना गर्नुभएको हो । यसको न आदि छ न अन्त्य नै । यो अनादिसम्म चल्छ ।”











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया