पीडित महिलाको रकम लिने युवा पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १२:४५
काठमाडौँ । अवैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा रौतहटको बौधीमाई नगरपालिका १ बस्ने दलित जनजाति उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय विकेश जयसवाललाई पक्राउ परेका छन् । उनलाई नगद ६० हजार ७ सय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९)ले पीडित भएका महिलाका लागि मानवीय सहायता स्वरुप युएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका मानिससँग जयसवालले नगद ३ हजारभन्दा माथि अवैध रकम उठाएका थिए । ठगी गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोही बैंकबाट उनलाई फेला पारी जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
उनीउपर जिल्ला अदालत रौतहटबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सम्बन्धित












एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
सरकार र प्रसाईं समूहबीचको वार्ता सकारात्मक
धवलागिरी अस्पताल भवन निर्माणमा ढिलाइ, तीन पटक म्याद थप गर्दा पनि आधा काम
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया