तिहारपछि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारीमा प्राधिकरण

काठमाडौं । पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण मोडलको विषयमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा नेपालले नमूना काम गरेको भन्दै सम्मेलन गर्न लागेको जनाएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको राजधानी काठमाडौंमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा पूर्वाधार निर्माण नेपालको मात्रै नभई विश्वले थाहा पाउने जानकारी दिए । सम्मेलन मंसिर २१ देखि २३ गतेसम्म हुनेछ ।
प्राधिकरणमा शुक्रबार आर्थिक पत्रकारसँगको भेटघाटमा उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पुनर्निर्माण मोडलको बारेमा जानकारी गराउने लक्ष्य सम्मेलनको रहेको उल्लेख गरे ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले राजनीतिक संक्रमणकै बीचमा करिब ६ वर्षमा उत्कृष्ठ कार्य गरेको दाबी गरे ।
धरहरा, सिंहदरबारलगायत काम प्राधिकरणले गरे पनि अन्य काम हस्तान्तरण गरेको छ ।
वि.सं. २०७२ सालमा भूकम्पपछि पुस १० गते प्राधिकरण स्थापना भएको थियो । जसको कार्य समय आगामी पुष ९ गते सकिदैछ ।









महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
आज देशभरको मौसम कस्तो रहला ?
सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड
सोमबार कस्तो छ विदेशी मुद्राको विनिमय दर ?
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया