प्रधानन्यायाधीसलाई बारको १५ दिने अल्टिमेटम, प्रतिवद्धता नआए अमान्य !

काठमाडौं । न्यायाधीस हरिकृष्ण कार्की संयोजकत्वको समितिले दिएको सुझाव कार्यान्वयनका लागि १५ दिनभित्र प्रतिवद्धता जनाउन प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणालाई नेपाल बार एशोसियसनले अल्टिमेटम दिएको छ ।
कार्की संयाजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदन लागू गर्ने सम्बन्धमा प्रधानन्यायाधीसले प्रतिवद्धता जनाएको स्थितिमा दुई महिनासम्म पनि सर्वोच्च अदालत फूलकोर्टबाट निर्णय गराइ लागू गराउनेतर्फ तदारुकता नदेखाएको बारले जनाएको छ ।
उक्त प्रतिवेदन तत्काल लागू गराउने समयसीमासहितको प्रतिवद्धता सर्वोच्च अदालतबाट १५ दिनभित्र नआएमा नेपाल बार एशोसिएशनले न्यायिक नेतृत्वलाई विश्वास गर्न सकिने अवस्था रहँदैन ।’– बार महासचिव अधिवक्ता लिलामणी पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
गोलाप्रथाबाट पेशी तोक्नपर्ने प्रावधान लागू गर्न बारले माग गरेको हो । सो सम्बन्धमा बार कार्यसमितिले कात्तिक ७ गते प्रधानन्यायाधीसलाई भेटेर छलफल गर्ने र उक्त छलफलपछि मात्रै थप निर्णय लिने बारको शुक्रबारको बैठकले निर्णय गरेको महासचिव पौडेलले बताए ।
पाँच सात वर्षअघिदेखि न्यायिक शुद्धता, निश्पक्षता कायम राख्न र विकृति विसंगति हटाउने विभिन्न उपायहरु मध्ये अदालतको पेशी ब्यवथापन र इजलास गठनका सम्बन्धमा भइरहेको ब्यवस्थाबाट कतिपय गलत कार्यहरु भएकोले सोको सट्टामा स्वचालित पेशी प्रणाली लागू गराउन र स्वचालित पेशी प्रणाली लागू गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा सबै अदालतहरुमा गोला (राफल) प्रणालीबाट पेशी तोक्न भनी नेपाल बार एशोशिएसनले सुझाव दिएको थियो ।

यो पनि पढ्नुस्ः
प्रधानन्यायाधीशले निकास दिनुपर्ने पूर्वन्यायाधीशहरूको सुझाव

















आज २०८२ साल फागुन ११ गते सोमबारको राशिफल
धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु , २४ घाइते
काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
प्रतिक्रिया