प्रधानन्यायाधीसलाई बारको १५ दिने अल्टिमेटम, प्रतिवद्धता नआए अमान्य !

काठमाडौं । न्यायाधीस हरिकृष्ण कार्की संयोजकत्वको समितिले दिएको सुझाव कार्यान्वयनका लागि १५ दिनभित्र प्रतिवद्धता जनाउन प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणालाई नेपाल बार एशोसियसनले अल्टिमेटम दिएको छ ।
कार्की संयाजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदन लागू गर्ने सम्बन्धमा प्रधानन्यायाधीसले प्रतिवद्धता जनाएको स्थितिमा दुई महिनासम्म पनि सर्वोच्च अदालत फूलकोर्टबाट निर्णय गराइ लागू गराउनेतर्फ तदारुकता नदेखाएको बारले जनाएको छ ।
उक्त प्रतिवेदन तत्काल लागू गराउने समयसीमासहितको प्रतिवद्धता सर्वोच्च अदालतबाट १५ दिनभित्र नआएमा नेपाल बार एशोसिएशनले न्यायिक नेतृत्वलाई विश्वास गर्न सकिने अवस्था रहँदैन ।’– बार महासचिव अधिवक्ता लिलामणी पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
गोलाप्रथाबाट पेशी तोक्नपर्ने प्रावधान लागू गर्न बारले माग गरेको हो । सो सम्बन्धमा बार कार्यसमितिले कात्तिक ७ गते प्रधानन्यायाधीसलाई भेटेर छलफल गर्ने र उक्त छलफलपछि मात्रै थप निर्णय लिने बारको शुक्रबारको बैठकले निर्णय गरेको महासचिव पौडेलले बताए ।
पाँच सात वर्षअघिदेखि न्यायिक शुद्धता, निश्पक्षता कायम राख्न र विकृति विसंगति हटाउने विभिन्न उपायहरु मध्ये अदालतको पेशी ब्यवथापन र इजलास गठनका सम्बन्धमा भइरहेको ब्यवस्थाबाट कतिपय गलत कार्यहरु भएकोले सोको सट्टामा स्वचालित पेशी प्रणाली लागू गराउन र स्वचालित पेशी प्रणाली लागू गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा सबै अदालतहरुमा गोला (राफल) प्रणालीबाट पेशी तोक्न भनी नेपाल बार एशोशिएसनले सुझाव दिएको थियो ।

यो पनि पढ्नुस्ः
प्रधानन्यायाधीशले निकास दिनुपर्ने पूर्वन्यायाधीशहरूको सुझाव








पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल
अण्डाको मूल्य हालसम्मकै उच्च
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया