बीपी स्मृति भवनका लागि जग्गा दान
काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका नेपाली कांग्रेस वडा एकाई समितिका सभापति कृष्णकुमार श्रेष्ठले बिपी स्मृति भवन निर्माणका लागि जग्गा दान गरेका छन् । घाचोकमा निर्माण हुने भवनका लागि उनले आफ्नो हक भोगमा रहेको ४० लाख मूल्य बराबरको ६ आना दुई पैसा जग्गा मालपोत कार्यालयमा गएर पार्टीका नाममा हक हस्तान्तरण गरेका हुन् ।
घाचोकको एकाइ समितिको बैठक तथा गतिविधि सञ्चालनका लागि सहज होस् भनेर जग्गा उपलब्ध गराएको श्रेष्ठले बताए । उनले भने, ‘वि.सं. २०३६ बाट म कांग्रेस पार्टीमा सक्रिय भएर लागेँ, बिपीको समाजवादबाट आकर्षित भएर कांग्रेसमा लागेर अहिलेसम्म सक्रिय छु, पार्टीलाई बलियो बनाउन जग्गा दान गरेको हुँ ।’
कांग्रेस वडा एकाई समितिले घाचोक बिपी स्मृत भवन निर्माणका लागि कामअघि सुरु गरेको छ । केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भवनको शिलान्यास गरेका थिए ।

















‘एक्सट्रिम च्याम्पियन अनर एक्सफाइभसी’ सार्वजनिक
गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजकको भेट
अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु
बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार
बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया