शुक्रबार, पुष १८, २०८२

पाँच वर्षीय बालिकामाथि यौन शोषण गर्ने उपप्राध्यापक पक्राउ

मेरोन्यूज २०७८ कार्तिक ६ गते १०:३०

काठमाडौँ । पाँच वर्षीय बालिकामाथि यौन शोषण गरेको आरोपमा उपप्रध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५१ वर्षीय उपप्रध्यापक कपिलदेव मण्डल रहेका छन् ।

जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठमा प्राध्यापन गर्दै आएका उपप्रध्यापक मण्डलले आफ्नै घरमा भाडामा बस्ने एक जनाको छोरीलाई यौन शोषण गर्दै आएको प्रहरीले जनाएको छ । जनकपुरधाम ८ मा बस्ने उपप्रध्यापक मण्डलको यौन शोषणका कारण बालिकाको यौन अंगमा घाउ देखिएको छ ।

मण्डलले पूजाको मौकामा छोरीमाथि यौन शोषण गरेको पीडित परिवारको दाबी रहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेसँगै उनलाई प्रहरीले प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पीडित बालिकाको शुक्रबार मेडिकल जाँच गराएको छ । उनीमाथि बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया