क्रियाशील सदस्यता वितरणमा धाँधली हुनु जघन्य अपराध : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देश विकासमा सरकारले आफ्नो क्षमता देखाउनु पर्ने बेला आएको बताएका छन् । एक कार्यक्रममा बोल्दै उनले कांग्रेस देश विकासमा लाग्नु पर्ने बताएका हुन् ।
यस्तै, पत्रकारहरूले महाधिवेशनका बारेमा सोधेको प्रश्नमा नेता पौडेलले पार्टीको क्रियाशील सदस्यता वितरणमा नै धाँधली भएको बताए । ‘पार्टीको क्रियाशील सदस्यता वितरणमा नै धाँधली भएको छ, छानबिन समितिले पार्टी कार्यालयमा बुझाएको नामावलीमा समेत तलमाथि पारिएको छ, यो जगन्य अपराध हो,’ उनले भने, ‘पार्टीभित्रको निर्वाचन प्रक्रिया स्वच्छ र निष्पक्ष र पारदर्शी हुनु पर्छ ।’
उनले आगामी मंसिरमा नै पार्टीका महाधिवेशन गर्नु पर्नेमा जोड दिए । यसैगरी प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा भएको जिल्ला स्तरीय अधिवेशन पुनः गर्नु पर्ने बताए ।
पत्रकारसँग कुरा गर्दै उनले ‘अर्ली इलेक्सन’का बारेमा पार्टीभित्र कुनै छलफल नभएको बताउँदै गर्न नहुने धारणा व्यक्त गरे ।

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया