दाङमा सुमो पल्टियो, आठजना घाइते
मेरोन्यूज
२०७८ कार्तिक ६ गते १६:०३

काठमाडौं । दाङको देउखुरीमा टाटा सुमो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
प्यूठानबाट दाङको सतबरियातर्फ जाँदै गरेकाे रा १ ज ७३७ नम्बरको सुमो गाडी शनिबार दिउँसो पूर्व–पश्चिम राजमार्गको लमहीस्थित अर्जुनखोला नजिकै पल्टिएको हो ।
दुर्घटनाका घाइते हुनेमा अधिकांश प्यूठानका रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते सबैको लमही र घोराहीका अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालकाअनुसार गाडीमा १२ जना सवार थिए । सुमामा चालक भने सकुशल रहेको र प्रहरी नियन्त्रण रहेका छन् ।
सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया