वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु

काठमाडौं । यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् ।
सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि बाढीबाट ५२ र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको छ ।
भारी वर्षाले १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र महमारीबाट सात जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका ८० मध्ये पहिरामा ४२ र बाढीमा ३७ जना परेका छन् ।
प्राधिकरणका अनुसार उक्त अवधिमा दुई हजार ९० वटा विपद्का घटना भएका छन् । कूल एक हजार २८४ जना घाइते भएको विवरण छ । कूल तीन हजार ४४३ घर परिवार प्रभावित भएका छन् भने रु एक अर्ब बढीको क्षति भएको छ ।
पछिल्लो वर्षाका कारण मात्रै १११ जनाले ज्यान गुमाएका छन् भने ३५ बेपत्ता रहेका छन् । मनसुनको अवधिमा १३६ जनाले ज्यान गुमाएका थिए । यसपाली बेमौसमको वर्षाले झन ठूलो क्षति गराएको छ ।
मनसुनको समयमा समेत १५ प्रतिशत बढी पानी परेको थियो । अहिलेको वर्षाले भने लगाएको धानखेतीमा ठूलो क्षति गराएको छ । सबै क्षतिको विवरण सङ्कलनको क्रममै रहेको गृह मन्त्रालयले जनाएको छ ।









लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाय: सर्वेक्षण
नागढुङ्गा–मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द हुने
सुनको चाँदीकाे मूल्य : सुनको बढ्यो, चाँदीको घट्यो
आज प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै
स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया