कोरोना कहरले सुस्तायो ढाकाको व्यापार

पाल्पा । रैनादेवी छहरा गाउँपालिका–४ छहराकी कमला रायमाझीले तानसेनको सिल्खानटोलमा पाँच वर्षअघि ढाका कपडा कारोबार गर्न पसल सञ्चालन गर्दा निकै उत्साहित थिए । पछिल्लो समय कोरोनाले जिल्ला बाहिरका पर्यटक आगमन नहुँदा व्यापार सुस्ताएपछि उनी निराश छन् ।
कोरोना कहरले ढाकाका व्यापारमा निकै नै कमी आएको उनको अनुभव छ । यस्ता उद्योग लामो समय बन्द हुँदा श्रमिक कामविहीन समेत बनेका छन् । तानसेनको सरस्वती ढाका कपडा उद्योगमा ढाका कपडा बुन्दै आएका कृष्णबहादुर क्षेत्रीले कोरोनाले लाम्रो समय कपडा उत्पादनमा समस्या भएको जानकारी दिए । उनले भने, “ढाका कपडा उत्पादनमा मात्र होइन, व्यापारमा समेत कमी हुँदै गएको छ । ”
आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन नसक्दा जिल्लामा ढाका र करुवालगायतका स्थानीय वस्तुले बजार पाउन समस्या देखिएको हो । अघिल्ला वर्षका दसैँको घटस्थापना सुरु भएसँगै पाल्पाली ढाका कपडाको कारोबार निकै राम्रो हुँदै आएको थियो । पछिल्ला दुई वर्षका अवधिमा ढाका कपडाको व्यापार फस्टाउन सकेको छैन । ढाका कपडाको उत्पादन र पसलसमेत थपिन सकेको छैन ।
तानबाट उत्पादित ढाका कपडा लगाउन स्वास्थ्यलाई समेत राम्रो हुने र निकै आकर्षक देखिएको छ । हस्तकलाबाट उत्पादित ढाका कपडाको सीप जोगाउन, कारोबार टिकाइराख्न पाल्पाली ढाकालाई विविधिकरण गर्न थालिएको हो । जिल्लामा ढाका कपडाको व्यापार राम्रो हुर्ने मदनपोखरा ढाका पसलका सञ्चालक कमल भण्डारीले जानकारी दिए ।
तानबाट उत्पादित ढाकाका सामग्री उपहारका रूपमा लैजाने गर्छन् । पर्यटकले कोशेली तथा मायाको चिनोका रूपमा ढाकाबाट उत्पादित सामग्री झोला, हाते पर्स, पछ्यौरा, इस्टकोट, टोपी लैजाने चलन छ । यहाँको ढाका असली र गुणस्तरीय तथा छुट्टै पहिचान बोकेकाले ढाका कपडा खोजीखोजी लैजाने गर्छन् । यसपालिको दसैँमा ढाकाका व्यापारमा कुनै उत्साह नभएको पाल्पाली ढाका कपडा सङ्घका सचिव मनोज पौडेलले बताए ।
ढाका कपडा उत्पादन, बजारीकरणले सयौँ युवा रोजगारी पाउन सफल छन् । यसपालि ढाका कपडाको कारोबार नहुँदा उद्योगमा काम गर्ने श्रमिक, व्यापारीमा दसैँ आए पनि कुनै उत्साह छैन । पाल्पाली ढाका कपडा उत्पादनका क्षेत्रमा प्रख्यात जिल्ला हो । पाल्पाको तानसेनमा उत्पादित ढाका कपडा अहिले जिल्लाका अधिकांश स्थानीय तहमा उत्पादन हुन्छ ।
जिल्लामा उत्पादित ढाका कपडासँगै रोजगारीका सम्भावना बढेको हो । जिल्लाका स्थानीय तहले ढाका कपडाको प्रवद्र्धनका निम्ति तालिम सञ्चालन गरी महिलालाई आत्मनिर्भर बनाउन खोजेका छन् ।
तानसेनका गणेशमान महर्जनले विसं २०१५ मा घरेलु कार्यालयमा पहिलोपटक ढाका उद्योग दर्ता गरे । सोही उद्योगबाट पहिलोपटक यहाँ ढाका कपडा उत्पादन हुन सुरुआत भएको जनाइएको छ । ढाका कपडालाई तानसेनमा भित्र्याउनुहुने उनकी धर्मपत्नी पूर्णमायाले अहिले पनि ढाकाको पेशालाई निरन्तरता दिइरहेकी छन् ।
उनका अनुसार तत्कालीन समयमा महर्जन कामका खोजीमा दिल्लीमा पुगे र कपडा बुनेका थिए भने पछि भारतबाट फर्केर जिल्लामा नै केही काम गर्नुपर्छ भनेर उद्योगका रूपमा नै ढाका कपडा उत्पादन गर्न थालेका हुन् ।
उनले भने,“श्रीमान्ले सुरुआत गरेको ढाका उद्योग अहिले पाल्पाभर फस्टाएको छ । जिल्ला बाहिर तथा भित्रका धेरै महिलाले ढाका कपडा बुनाई, तयारी पोशाक उत्पादन र बजारीकरणमार्फत राम्रो आम्दानी भएको देखेको छु । महिलाहरु ढाकाबाट आत्मनिर्भर बन्न खोजी गर्नुभएकामा मलाई नै खुशी लागेको छ ।” पाल्पाली ढाका कपडासँग जोडिएर अहिले युवा, महिला, वृद्धसमेतले रोजगारी पाउन सकेकामा उनका परिवार निकै उत्साहित बनेका छन् । रासस











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया