सुदूरपश्चिमका पहाडी जिल्लामा उडान सुरु

कैलाली । नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ ।
वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएको हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।
पहाडी जिल्लामा हवाइसेवा सुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाइ भाडा सस्तो भएकाले नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडादर कायम गरिएको छ । धनगढीदेखि बझाङ तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम गरिएको प्रमुख भट्टले जानकारी दिए ।
धनगढीबाट पहाडी जिल्लामा निगमले हवाइ उडानका लागि तालिका सार्वजनिक गरिसकेको थियो ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया