बैंकिङ ऋण अर्को हप्तादेखि सहज हुने

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा पछिल्लो समय रोकिएको बैंकिङ ऋण अर्को हप्तादेखि पुनः सहज हुने भएको छ ।
आर्थिक वर्षको ३ महिनामा अघिल्लो आर्थिक वर्षमा प्रक्रिया अगाडि बढाएकाले ऋण दिदा निक्षेप संकलन कम भएकाले नेपाल बैंकर्स संघले ऋणमा कडाई गरेको थियो ।
महिनामा करिब ३ खर्ब रुपैयाँको ऋण बैंकिङ ऋण फेरि सहज हुने भएको संघका अध्यक्ष भुवन दाहालले जानकारी दिएका छन् । राष्ट्र बैंकले वित्तीय संस्थालाई ब्याजमा सहजकता ल्याउन निर्देशन दिएपछि, चालु आर्थिक वर्षमा पछिल्लो समय ऋण रोकावट भएकोमा अर्को हप्तादेखि सहज हुने उनले बताए ।
अघिल्लो वर्ष जारी गरेको प्रक्रियाअनुसार नै चालु आर्थिक वर्षको ३ महिनामा करिब ३ खर्ब रुपैयाँ कर्जा लगानी भएको बैंकर्स संघका अध्यक्ष दाहालले जनाए ।
गत असार मसान्तसम्म बैंकहरुको कर्जा लगानी ३७ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकले जनाएको थियो । चालु आर्थिक वर्षको ३ महिनामा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले दिएको संघले जनाएपनि रकम खुलाएको छैन । २८ वटा बैंकमध्ये ऋण दिने दोश्रोमा मेगा बैंक रहेको छ ।
संघका अनुसार ऋणमा बढावा भएपनि चालु आर्थिक वर्षमा वित्तीय संस्थाले ६३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप गरेको छ । गत असार मसान्तमा वित्तिय संस्थाहरुले ४२ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको केन्द्रीय बैंकले जनाएको छ ।









२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया