ग्रामीण ९ जिल्लामा इन्टरनेट विस्तार

काठमाडौँ । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामा थप नौ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार भएको छ ।
विस्तार हुनेमा बागलुङ, मनाङ, मुस्ताङ, म्याग्दीका साथै बाँके, बर्दिया, दाङ, कैलाली र कञ्जनपुरमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
सबै जिल्लामा टेकमाइण्स नेटवर्कले इन्टरनेट विस्तार गरेको हो । यसअघि टेकमाइण्सले नै इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा ब्रोडब्याण्ड नेटवर्क निर्माण गरी इन्टरनेट सेवा विस्तार गरेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै वर्डलिंक कम्युनिकेशन्सले कास्की, लमजुङ, पर्वत, स्याङ्जा र तनहुँमा सेवा विस्तार गरेको थियो ।
यी जिल्लाका नगरपालिका, गाउँपालिका, वड़ा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था÷केन्द्र÷अस्पतालमा उपलब्ध गराइएको सेवा सम्बन्धमा कुनै गुनासो भए सम्बन्धित सेवा प्रदायकलाई सम्पर्क गर्न प्राधिकरणको सूचनामा उल्लेख छ ।
यी जिल्लाका सर्वसाधारणले इन्टरनेट सेवा जडान गरी सेवा लिनु परेमा सम्बन्धित सेवा प्रदायकसँग सम्पर्क गरी प्राधिकरणबाट स्वीकृत दरमा इन्टरनेट सेवा जडान गर्न प्राधिकरणले जनाएको छ ।










प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
प्रतिक्रिया