सञ्चार माध्यमले लाइसेन्स नवीकरण नगरे कारबाही गरिने

काठमाडौँ । नेपाल सरकारले लाइसेन्स नवीकरण नगर्ने सेवा प्रदायक सञ्चार कार्यालयलाई कारबाहि गर्ने तयरी गरेको छ । सूचना तथा प्रविधि मन्त्रालय अन्र्तगतको सूचना तथा प्रसारण विभागले एफएम, टेलिभिजन, डिजिटल केबुल अपरेटर, डिटिएचलगायतका सेवा प्रदायकहरुलाई सेवा संचालन गर्ने लाइसेन्स नवीकरणका लागि निर्देशन दिएको हो ।
विभागले लाइसेन्स नवीकरण नगरी सेवा संचालन गरीरहेका सेवा प्रदायकहरुको सेवा सुविधाको सिफरिस रोकिदिने चेतावनी दिएको छ ।
विभागले सूचना प्रकाशित गरेर केही सेवा प्रदायकहरुले लाइसेन्स नवीकरण नगरेको पाईएको भन्दै कारबाही स्वरुप विभागबाट प्रदान गरिने सिफारिस रोक्ने चेतावनी दिएको सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता विनोद प्रकाश सिंहले जानकारी दिए ।
सबै प्रकारका इजाजतपत्र अनुमतिपत्र र लाइसेन्स पत्र प्राप्त संस्थाहरुले हालसम्म नवीकरण नगरिएको वा केही कैफियतले नवीकरण नगरिएको भए सो संस्थाहरुले आफ्नो इजाजतपत्र अनुमतिपत्र र लाइसेन्स पत्र नवीकरण नगराएसम्म विभागबाट पाउने कुनैपनि सेवा सुविधा सिफारिस नगरीने सूचना रहेको उनले बताए ।
विभागबाट एफएम, टेलिभिजन, डिजिटल केबुल अपरेटर, डिटिएच, एमएसओ, आईपीटिभी, एमएमडीएस, डिटिटिबीको अनुमति पत्र लिएर मात्र सेवा सञ्चालन गर्न पाईने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया