कैलाली–कञ्चनपुरमा मात्रै तीन अर्ब बढीको धानबाली क्षति

कैलाली । बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरको धानबालीमा अर्बौं रुपैयाँको बराबरको क्षति भएको छ ।
सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा गत असोज ३१ गतेदेखि चार दिनसम्म परेको वर्षाले अर्बौं रुपैयाँको धानबालीमा क्षति भएको हो ।
वर्षभरि मेहनत गरेर लगाएको बाली बेमौसमी वर्षाले नष्ट गरेपछि किसानहरू मारमा परेका छन् । वर्षाले सुदूरपश्चिम प्रदेशका दुईवटै जिल्लामा गरेर करिब ५५ प्रतिशतसम्म धानबालीमा क्षति पु¥याएको सुदूरपश्चिम कृषि निर्देशनालय प्रमुख यज्ञराज जोशीले जानकारी दिए ।
बेमौसमी वर्षाले गर्दा कैलालीमा ३० प्रतिशत र कञ्चनपुरमा २५ प्रतिशतको हाराहारीमा धानबालीमा क्षति भएको उनले बताए । उनले भने दुबै जिल्लाको गरेर तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको बताए ।
निर्देशक जोशीले प्रदेशभरको तथ्यांक भने प्राप्त भइनसकेको बताए । ‘वर्षाले धानबालीमा पुर्याएको क्षतिको लगत संकलनका लागि कर्मचारीहरु खटिएका छन्,’ उनले भने, ‘दुई/चार दिनमा रिजल्ट प्रदेशभरको क्षतिको विवरण आउँछ ।’
धानबालीमा क्षति पुगेपछि यस वर्ष भारतबाट गत वर्षको भन्दा यस वर्ष चामल आयात बढ्ने उनको भनाई छ ।
‘गत वर्ष भन्दा १५ प्रतिशत बढी धान उत्पादन हुने आँकलन गरिएको थियो,’ उनले भने, ‘तर वर्षाले क्षति गरेपछि उत्पादन घट्दै छ । यसले गर्दा यस वर्ष चामल आयात बढ्ने देखिन्छ ।’










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया