एसियन कप छनोटको पहिलो खेलमै नेपाल इरानसँग ४–० ले पराजित
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १९:१८

काठमाडौं । एएफसी यू– २३ एसियन कप छनोटको पहिलो खेलमा नै नेपालले इरानसँग हार ब्यहोरेको छ ।
बलियो प्रतिष्पर्धी इरानसँग नेपाल पहिलो खेलमा ४–० ले पराजित भएको हो ।
ताजकिस्तानको दुसन्बेमा भएको खेलको पहिलो हाफमा इरानलाई नेपालले बराबरीमा रोकेको थियो ।
इरानको दबाबका सामु दोस्रो हाफमा नेपालले ४ गोलको सामना गर्नुपर्यो ।
फिफा वरीयतामा एसियाकै शीर्षस्थानमा रहेको इरानले दोस्रो हाफमा लगातार गोल गरेको थियो ।
इरानको जीतमा हुसेनले २ गोल तथा मेहदी र यासिनले १–१ गोल गरेका थिए ।
नेपाली टिममा सुमन अर्याल, अभिषेक लिम्बु, सुरजज्यू ठकुरी, गौतम श्रेष्ठ, रोशन पहाडी, आयुष घलान, सिसिहाङ आजदम्बे, एरिक विष्ट, मनिष डाँगी र अभिषेक रिजाल रहेका थिए ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया