प्रधानन्यायाधीशप्रतिको असन्तुष्टी
बार पदाधिकारी नरम हुँदा न्यायाधीशहरु आक्रामक !

काठमाडौं । प्रधानन्यायाधीस चालेन्द्रशमशेर जबराको विरोधमा न्यायमूर्तिहरु नै यतिबेला कस्सिएर लागेका छन् ।
एकपछि अर्को गरी विवादमा तानिएका प्रधानन्यायाधीश राणाले पछिल्लो पटक पाँच दलीय गठबन्धनको सरकारमा आफ्नो भागबण्डा खोजेको कुरा बाहिरिएपछि न्यायमूर्तिहरु नै प्रधानन्यायाधीशप्रति सशंकित बनेका थिए ।
नभन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै तीन महिनापछि गरेको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्याधीश राणाका जेठान पनि समेटिए । चौतर्फी आलोचनापछि उनलाई मन्त्रीबाट राजीनामा दिन त लगाइयो तर प्रधानन्यायाधीशविरुद्धको आवाज रोकिएन ।
न्यायिक शुद्धता, निश्पक्षता कायम राख्न र विकृति विसंगति हटाउनुपर्ने लगायतको माग राखेर कानून ब्यवसायहरुको छाता संगठन नेपाल बार एशोशिएसन कस्सियो ।
बारले गत शुक्रबार न्यायालयको कमी कमजोरी सच्याउन तथा न्यायाधीश हरीकृष्ण कार्की संयाजकत्वको समितिले दिएको सुधाव कार्यान्वयन गर्न प्रधानन्याधीशलाई १५ दिनको अल्टिमेटम नै दियो । त्यसपछि बार पदाधिकारीहरु प्रधानन्यायाधीशसँगको निरन्तर छलफलमा रहेका छन् ।
बार पदाधिकारीसँगको छलफलपछि प्रधानन्यायाधीस राणाले गोला (राफल) प्रणालीबाट पेशी तोक्ने प्रतिवद्धता मात्र जनाएनन्, बार पदाधिकारीसहित अदालतको फूलकोर्ट बैठक नै डाके ।
बार–बेञ्चको सम्बन्ध तोडिन नहुने तर्क गर्दै आएका बार पदाधिकारीहरुले प्रधानन्यायाधीशको प्रतिवद्धतालाई सकारात्मक ठाने । बार पदाधिकारीले सकारात्मक ठानिरहँदा प्रधानन्यायाधीस राणाका सहयोगी सर्वोच्चका न्यायाधीशहरु उनको खिलाफमा खडा भएका छन् ।
सर्वोच्चका १४ जना न्यायाधीशहरुले सोमबारको फूलकोर्ट बैठकमात्रै बाहिष्कार गरेर २४ घण्टाभित्रै प्रधानन्यायाधीशले राजीनामा दिएर मागप्रशस्त गर्नुपर्ने बताएका छन् ।
पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ न्यायपालिकालाई जोगाउन र प्रधानन्यायाधीश जबरा आफैंको व्यक्तित्वलाई बढि क्षति हुन नदिन पनि तत्काल राजीनामा दिन उपयुक्त हुने बताउँछन् ।
अर्का वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि प्रधानन्यायाधीश जबराले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताए ।
न्यायालयमाथि देखिएको जोखिम टार्न पनि प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र उनको विकल्प खोजी गर्न ढिलाई गर्न नहुने भण्डारीको भनाइ थियो ।
नेपालको इतिहासमै न्यायपालिकाले कार्यपालिकासँग समेत लेनदेनको काम काम गर्नु दुःखद भएको बरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो बताउँछन् । न्यायालयमाथि अति गरेकाले प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आएको महतोको भनाइ छ ।
यता, बार एशोसियसनका पदाधिकारीहरु भने केही नरम देखिएका छन् ।
सर्वोच्चका न्यायाधीशहरुले फूलकोर्ट बैठक बहिष्कार गर्नु ठीक नभएको कोषाध्यक्ष रुद्र पोखरेलले बताए । बार र बेन्चबीचको सम्बन्धमा यस्ता क्रियाकलापले सहयोग नपुग्ने उनको भनाइ थियो ।
मंगलबार बिहान ११ बजे बस्ने बारको बैठकमा पदाधिकारीहरुको निस्कर्षबाट ठोस निर्णय लिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ बताउँछन् ।
सर्वोच्चका न्यायाधीशहरुकै विरोधपछि प्रधानन्यायाधीश राणालाई निकै संकट देखा परेको छ । न्यायपालिकाको नेतृत्वमाथि यति धेरै प्रश्न उठ्दा पनि राजनीतिक दलका नेताहरु भने यसबारेमा चुइँक्कसमेत बोलेका छैनन् ।
यो पनि पढ्नुस्ः
प्रधानन्यायाधीशलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने न्यायाधीशहरुको निर्णय

















आज फागुन १२ गते मंगलबार, कस्ताे रहला तपाइकाे राशिफल
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया