चितुवा भगाउन हात्तीसहितको टोली परिचालन
मेरोन्यूज
२०७८ कार्तिक ९ गते ६:४४

कञ्चनपु । बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो ।
चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान थालेको जनगुनासोका आधारमा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगरले बताए । दुई साताको अवधिमै चितुवाले स्थानीय बासिन्दाका आधा दर्जन बढी चौपाया मारेर क्षति गरेको छ । साँझ नहुँदै बस्तीमा छिरेर चितुवाले घरपालुवा जनावर मार्न थालेपछि स्थानीय बासिन्दाले साँझपछि गाउँघरमा हिँडडुलसमेत बन्द गरेका छन् ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया