चितवनबाटै चुनाव लड्ने प्रचण्डको घोषणा
मेरोन्यूज
२०७८ कार्तिक ९ गते २०:५१

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा चितवनबाटै लड्ने बताएका छन् ।
चितवनको भरतपुरमा मंगलबारभएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अब चितवन छाडेर अन्त नजाने स्पष्ट गरे । उनले अबको पाँच वर्षका लागि चितवन नछोड्ने बताए ।
सायद अबको निर्वाचन आफ्नो लागि अन्तिम हुन पनि सक्ने पनि उनले बताए । ‘चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छोडेर अन्त जाँदिनँ ।’– उनले भने ।
प्रचण्डले सर्वोच्च अदालतका न्यायाधीश प्रशंग पनि कोट्याए । उनले उनले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले आफ्नो गरिमालाई कायम राख्नुपर्नेमा जोड दिए ।
यसबारेमा हिजोमात्रै सत्ता गठबन्धनका तीन दलबीच छलफल भएको र भोलि गठबन्धनको पाँचै दलबीच छलफल गरी निचोडमा पुगिने प्रचण्डले बताए ।
सम्बन्धित

















प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
प्रतिक्रिया