सर्वोच्चका न्याधिशहरु छलफलमा जुट्दै, इजालस प्रभावित हुने

काठमाडौँ । सर्वोच्च अदालका न्यायाधिशहरु आज पनि छलफल गर्ने भएको छन् । प्रधानन्यायाधिश चालेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै आएका सर्वोच्चका १४ न्यायाधिश आज पनि छलफल गर्न लागेका हुन् ।
न्यायाधिशहरुले छलफल पछात प्रधानन्यायाधिश जबरासमक्ष लिखीत माग राख्ने बताइएको छ । न्यायाधिशहरु ११ बजे छलफलमा जुट्दै छन् । प्रधानन्यायाधिशले सरकारमा भाग खोजेको, न्यायालयको गरिमामा आँच आउने काम गरेको भन्दै उनको राजनीमा माग गरिएको छ । यसअघि सर्वोच्चका न्यायाधिशहरुले राजीनामा दिन मौखिक आग्रह गरेकोमा आज लिखित माग गर्ने बताएको छ ।
यस्तै नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन र पूर्व प्रधानन्यायाधिशहरुले पनि प्रधानन्यायाधिश जबराको राजीनामा माग गरेका छन् । तर प्रधानन्यायाधिश जबराले कसैले राजीनामा माग्दैमा राजीनामा नदिने बताएका छन् । उनले प्रश्न उठेका सबै न्यायाधिशले राजीनामा दिए आफूले पनि दिने बताए । यस्तै न्यायाधिशहरु छलफलमा जुट्न थालेपछि सर्वोच्चका इजलास प्रभावित हुने भएका छन् । मंगलबार पनि इजलास प्रभावित भएका थिए ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया