प्रधानन्यायाधीश जबराले तोके आफ्नो एकल इजलासमा २८ वटा मुद्दाको पेसी
मेरोन्यूज
२०७८ कार्तिक ११ गते ११:०१

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । प्रधानन्यायाधीश जबराले बिहीबार आफ्नो एकल इजलासमा २८ वटा मुद्दाको पेसी तोकेका हुन् ।
उनले बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका थिए । सर्वोच्च अदालतका अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले सरकारमा भाग खोजेको, अदालतको आँच आउने काम गरेको भन्दै अन्य न्यायाधीशहरूले उनको राजीनामा माग गर्दै आएका छन् ।
तर प्रधानन्यायाधीश जबराले प्रश्न उठेका सबै न्यायाधिशले राजीनामा दिए मात्रै आफूले पनि राजीनामा दिने बताएका छन् । प्रधानन्यायाधीशले बिहीबारका लागि आफ्नो एकल इजलासमा २८ वटा मुद्दाको पेसी तोक्दा अन्य न्यायाधिशले भने छलफल बोलाएका छन् । उनीहरुले आइतबारदेखि कुनैपनि मुद्दाको सुनुवाई गरेका छैनन् ।
सम्बन्धित
















जेडटीईको गेमिंङ स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा, कति पर्छ मूल्य ?
रूसमा रेल दुर्घटना हुँदा २२ जना घाइते
10 injured in bus- microbus collision
घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
नेपाली क्लाइम्बिङ टोली चीन जाने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया