प्रधानन्यायाधीश जबराले तोके आफ्नो एकल इजलासमा २८ वटा मुद्दाको पेसी
मेरोन्यूज
२०७८ कार्तिक ११ गते ११:०१

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । प्रधानन्यायाधीश जबराले बिहीबार आफ्नो एकल इजलासमा २८ वटा मुद्दाको पेसी तोकेका हुन् ।
उनले बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका थिए । सर्वोच्च अदालतका अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले सरकारमा भाग खोजेको, अदालतको आँच आउने काम गरेको भन्दै अन्य न्यायाधीशहरूले उनको राजीनामा माग गर्दै आएका छन् ।
तर प्रधानन्यायाधीश जबराले प्रश्न उठेका सबै न्यायाधिशले राजीनामा दिए मात्रै आफूले पनि राजीनामा दिने बताएका छन् । प्रधानन्यायाधीशले बिहीबारका लागि आफ्नो एकल इजलासमा २८ वटा मुद्दाको पेसी तोक्दा अन्य न्यायाधिशले भने छलफल बोलाएका छन् । उनीहरुले आइतबारदेखि कुनैपनि मुद्दाको सुनुवाई गरेका छैनन् ।
सम्बन्धित
















नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
Film journalist Sitaula passes away
प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया